Kirtipur, Kathmandu, Nepal
यस त्रिवि ग्रामिण विकास केन्द्रीय विभागको विभागीय प्रमुखमा सह–प्रा.डा. सुमन खरेल नियुक्त हुनुभएको छ । त्रिवि कार्यकारी परिषद्को मिति २०८२ असार १२ गतेको बैठकको निर्णय अनुसार त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम, २०५० को परिच्छेद ४, नियम १६ को उपनियम (२) बमोजिम चार वर्षे कार्यकालको लागि नियुक्त हुनु भएको हो ।

निवर्तमान विभागीय प्रमुख सह–प्रा. विष्णुबहादुर खत्रीको चार वर्षे कार्यकाल पुरा भएसँगै डा. खरेल विभागीय प्रमुखमा नियुक्त हुनुभएको हो ।