Central Department of Rural Development

Faculty of Humanities and Social Sciences, Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

ग्रामिण विकास विभागमा पहिलो राष्ट्रिय सम्मेलन प्रारम्भ 

ग्रामिण विकास विभागमा पहिलो राष्ट्रिय सम्मेलन प्रारम्भ 

2026-05-24

ग्रामिण विकास केन्द्रीय विभागको सभाहलमा आजदेखि Contemporary Development Issues in Nepal विषयमा पहिलो राष्ट्रिय सम्मेलन प्रारम्भ भएको छ । सम्मेलनको उद्घाटन गर्नुहुँदै मानविकी तथा सामाजिक शास्त्र संकायका डीन प्रा.डा. दुबिनन्दन ढकालले विभागहरुले यस्ता सम्मेलनहरु आयोजना गरेर ज्ञान निर्माणमा निरन्तर योगदान गर्नुपर्ने बताउनु भयो । सम्मेलनको कि नोट स्पिकर प्रा.डा. प्रेमसागर चापागाईंले विश्वव्यापीकरण, पर्यावरण र नेपालको अवस्थाबारे प्रस्तुतीकरण दिनुभएको थियो । सो अवसरमा प्रमुख अतिथि र विभागीय प्रमुखले पूर्व विभागीय प्रमुखहरुलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा सम्मानीत हुनुहुने महानुभावहरुमा पूर्व विभागीय प्रमुखहरु प्रा.डा. महेन्द्रप्रसाद सिंह, प्रा.डा. उमाकान्त सिलवाल, प्रा.डा. चन्द्रलाल श्रेष्ठ, प्रा.डा. प्रेम शर्मा र सहप्रा.डा. विष्णुबहादुर केसी तथा विभागका अग्रज सहप्रा. डा.उमेशप्रसाद आचार्य रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता विभागीय प्रमुख सहप्रा.डा. सुमन खरेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पूर्व विभागीय प्रमुख सहप्रा. डा. विष्णुबहादुर केसीले गर्नुभएको थियो । दुई दिनसम्म सञ्चालन हुने राष्ट्रिय सम्मेलनमा २० वटा कार्यपत्रहरु प्रस्तुतीकरणको कार्यक्रम रहेको छ भने प्यानल छलफल सेशनहरु समेत रहेको उपप्रा. प्रज्ज्वलमान प्रधानले बताउनु भयो । 


कार्यक्रममा सुस्मिता गौतम, भुपेन्द्रबहादुर शाही, सुमन खरेल र रेवनकुमार दाहाल, लिलाप्रसाद लिम्बु र सुभाश झा, मिनबहादुर शाही र प्रज्वलमान प्रधान, नवराज भट्टराई, महेन्द्र सापकोटा, नरकुमार चौहाशन र चिरन्जिवि देवकोटा, हेमन्तराज अधिकारी, रमेश न्यौपाने, बाबुदत्त सापकोटा र राजु राम अधिकारी,  नोदनाथ त्रिताल र लक्ष्मण कार्कीले पहिलो दिनका सेसनहरुमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । यसैगरी दोस्रो दिनको सेसनमा विद्याज्योती घिमिरे, दिपकचन्द्र दत्त, इन्द्रमालि मालाकार, राजनविनायक पासा, गोपाल खड्का, रमेशकुमार लामा, सुवोध निरौला, केन्द्रप्रकाश खत्री, तीर्थराज तिम्सिना र निराजन रिजालको प्रस्तुतीकरण रहेको छ । सेसनहरुको सहजीकरण राजुराम अधिकारी, राजनविनायक पासा, रमेशकुमार लामा, सुस्मिता गौतम र रमेश न्यौपाने लगायतले गर्नभएको थियो । साथै प्यानल छलफलका लागि प्रा.डा. महेन्द्रप्रसाद सिँह, सहप्रा.डा. मृगेन्द्र बहादुर कार्की, डा. नीति अर्याल वक्ताको भुमिकामा रहनु भएको छ भने प्यानल छलफलको सहजीकरण सहप्रा.डा. सुमन खरेलले गर्नुहुनेछ । 
विश्वविद्यालय अनुदान आयोगको सहयोगमा तथा मध्यपश्चिम विश्वविद्यालय र सुदुर पश्चिम विश्वविद्यालयका ग्रामिण विकास विभागहरुको सहकार्यमा त्रिवि ग्रामिण विकास केन्द्रीय विभागले यो सम्मेलनको आयोजना गरेको हो ।