Central Department of Rural Development

Faculty of Humanities and Social Sciences, Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

अनुसन्धानलाई विश्लेषणात्मक बनाउनुपर्नेमा शिक्षाध्यक्ष ढकालको जोड

अनुसन्धानलाई विश्लेषणात्मक बनाउनुपर्नेमा शिक्षाध्यक्ष ढकालको जोड

2025-06-03

कीर्तिपुर, २० जेठ 
अनुसन्धानलाई विश्लेषणात्मक बनाउनुपर्नेमा शिक्षाध्यक्ष प्रा.डा. दुविनन्द ढकालले जोड दिनुभएको छ । त्रिवि ग्रामिण विकास केन्द्रीय विभाग, कीर्तिपुरको आयोजनामा तीन दिने ‘प्राज्ञिक लेखनमा कृतिम बौद्धिकता सिर्जनाको उपयोग’ विषयक तालिम कार्यक्रम उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि शिक्षाध्यक्ष प्रा.डा. ढकालले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले एमफिल पिएचडी तहको प्राज्ञिक लेखनलाई बढी उपलब्धी मुलक बनाउन तालिममा सिकेको ज्ञान उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन सत्रको अध्यक्षता विभागीय प्रमुख सहप्रा.डा. विष्णुबहादुर खत्रीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन उपप्राध्यापक प्रज्ज्वलमान प्रधानले गर्नुभएको थियो । 


तीन दिनसम्म सञ्चालन हुने तालिम कार्यक्रममा कृतिम बौद्धिकता सिर्जनासम्बन्धी जानकारी, अनुसन्धान कार्यमा आवश्यक नैतिक विषयहरु, सम्बन्धित साहित्यको पुनरावलोकनमा कृतिम बौद्धिकताको प्रयोग, गुणात्मक र परिमाणात्मक अनुसन्धानमा एआई सामग्रीहरुको प्रयोग र एआई सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय अनुभवहरुको बारेमा विषय विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको विभागीय प्रमुख सहप्रा.डा. विष्णुबहादुर खत्रीले बताउनु भयो । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत एवम् स्नातकोत्तर, एमफिल र पिएचडी तहमा अध्ययनरत २५ जना विद्यार्थीहरु सहभागी रहेको प्रमुख खत्रीले जानकारी दिनुभयो । तालिम कार्यक्रमको लागि विज्ञहरु इन्जिनियरिङ् अध्ययन संस्थानका पूर्व डीन प्रा.डा. शशीधर राम जोशी, विज्ञ देवेन्द्र अधिकारी, काठमाडौ विश्वविद्यालयका सहायक डीन प्रा.डा. बालकृष्ण बल, विज्ञ परशुराम उपाध्याय, विभागीय प्रमुख खत्री र विज्ञ उपप्राध्यापक डा. राजन विनायक पासा लगायतले सहजीकरण गर्नुहुने बताइएको छ ।