Central Department of Rural Development

Faculty of Humanities and Social Sciences, Tribhuvan University

Kirtipur, Kathmandu, Nepal

बजार उन्मूख नयाँ पाठ्यक्रम निर्माणसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

बजार उन्मूख नयाँ पाठ्यक्रम निर्माणसम्बन्धी तीन दिने कार्यशाला गोष्ठी सम्पन्न

2024-12-04

१९ म‌सीर, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकाश केन्द्रीय विभागले ग्रामीण विकाश विषयको स्नातकोत्तर तहको श्रम बजार उन्मूख नयाँ पाठ्यक्रम निर्माण सम्बन्धी सराेकारवालाहरुसँगको तीन दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

म‌सीर १७ गतेदेखि १९ गतेसम्म विभागकाे सभाहलमा आयोजित गोष्ठीमा हाल अध्ययनरत तथा पूर्व–विद्यार्थीहरु‍‍, ग्रामिण विकास विषय प्राध्यापन गर्ने प्राध्यापकहरु र विषयसँग सम्बन्धित विभिन्न सरकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुसँग अलग अलग समूहगत छलफल गरी नयाँ पाठ्यक्रम निर्माणमा सूझावहरु लिइएकाे उपप्राध्यापक डा राजन विनायक पासाले बताउनु भयाे । केन्द्रीय क्याम्पसमा अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरु, ग्रामिण विकास विषय प्राध्यापन गर्ने प्राध्यापकहरु र विषयसँग सम्बन्धित विभिन्न सरकारी र गैरसरकारी क्षेत्रका प्रतिनिधिहरुलाई चार वटा समुहमा विभाजन गरि पाठ्यक्रमका विविध पाटोमा सुुझाव संकलन गरिएको थियो ।

गोष्ठीमा श्रम बजारमा ग्रामीण विकाश विषयको प्रभावकारीता, वर्तमान पाठ्यक्रममा रहेका कमजोरीहरु, आवश्यक नयाँ विषयहरुको सहभागिता, अध्यापन शैली तथा विश्वविद्यालयको आन्तरिक र बाह्य मूल्यांकन शैलीका बारेमा सराेकारवालाहरुसँग सुझाव लिइएको विभागीय प्रमुख सहप्राध्यापक विष्णुबहादुर खत्रीले बताउनु भयाे । सहप्राध्यापक विष्णुबहादुर खत्रीकाे अध्यक्षतामा सम्पन्न कार्यशाला गाेष्ठिकाे सञ्चालन सहप्राध्यापक डा सुमन खरेलले गर्नुभएकाे थियाे भने गाेष्ठीकाे सहजीकरण डा राजन विनायक पासाले गर्नुभएकाे थियाे ।

विभागले विश्व विद्यालय अनुदान आयाेगकाे सहयाेगमा नेपालकाे श्रम बजारसँग जाेडिन विद्यार्थीहरुलाई मद्दत पुग्ने गरी विद्यमान पाठ्यक्रममा ५० प्रतिशत हाराहारीमा नयाँ विषयवस्तु समेटेर नयाँ विषय समेत थप गरी परिमार्जन गर्न लागेकाे विभागीय प्रमुख खत्रीले जानकारी  दिनुभयाे । विभागमा कार्यरत प्राध्यापकहरु विभागीय प्रमुखसहित सह प्रा. डा‍ सुमन खरेल, डा. राजन विनायक पासा‌‍, प्रज्वलमान श्रेष्ठ, रमेश न्याैपाने, तीर्थराज तिम्सिना, सुवास झा, गाेपाल खड्का र सुस्मिता गाैतम लगायतकाे स‌याेजकत्वमा पाठ्यक्रम परिमार्जन विज्ञ समिति गठन गरेर कार्य भइरहेकाे विभागीय प्रमुख खत्रीले जानकारी दिनुभयाे ।