Kirtipur, Kathmandu, Nepal
काठमाडौं । चैत १
त्रिभुवन विश्वविद्यालय ग्रामीण विकास केन्द्रीय विभाग कीर्तिपुरको आयोजनामा "Nepal's Path to Resilience: Navigating the Triple Planetary Crisis" शीर्षकको विकास संवाद कार्यक्रम सम्पन्न भएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा खडग के.सीको प्रमुख आतिथ्यतामा आयोजित विकास संवाद कार्यक्रममा ग्लोवल इन्स्टिच्यूट फर इन्टरडिसिप्लेनरी स्टडीजमा आवद्ब पर्यावरणविद् डा.उत्तम बाबु श्रेष्ठले देशको भौतिक,सामाजिक र आर्थिक विकासका लागी पर्यावरणले पार्ने प्रभावका बारेमा अनुसन्धानमुलक कार्यपत्र "Nepal's Path to Resillence: Navigating the Triple Planetary Crisis प्रस्तुत गर्नुभएको थियो।
विकास संवादलाई सम्वोधन गर्नुहुँदै शिक्षाध्यक्ष प्रा.डा खडग के.सीले छिमेकी देशहरुमा विकासको होडवाजीका कारण नेपालमा पर्यावरणमा चुनौति थपिएको बताउनुभयो । उहाँले विकास र पर्यावरणविचको सन्तुलन गर्नु पर्ने भन्दै चीनको राजधानी वेइजिङले विकाससँगै वातावरण संरक्षणमा महत्वपूर्ण योगदान गरी प्रदुषणको जोखिम रहित बनाएको जानकारी गराउनुभएको थियो । विकासले मानविय क्षमताको विस्तार गर्नुपर्ने, अन्तरदेशिय सम्भावनाहरु उजागर गर्दै समुन्नत समाज निर्माणमा महत्वपूर्ण योगदान गर्नुपर्ने, शासकिय व्यवस्थाले वातावरण सन्तुलन सहितको दिगो विकासमा जोड दिनुभएको थियो । विश्वका प्रभावशाली देशहरु कमजोर राष्टप्रतिको उत्तरदायित्व वाट पन्छिदै गएको, क्षेत्रिय सहयोग संगठनहरु अन्त्यन्तै कमजोर बनेकोले आन्तरिय शासयक प्रणालीलाई मानव र वातावरणमैत्री बनाई पर्यावरण प्रति सवै सचेतता र प्रकृति संरक्षणको संस्कारको विकासमा ध्यान केन्द्रीत गरी मौसम परिवर्तनका चुनौती र त्यसले सिर्जना गरेका संकटको विषयमा नेपालले निरन्तर वकालत गरिरहनुपर्ने बताउनुभएको थियो ।
पर्यावरणविद डा.उत्तम बावु श्रेष्ठले समाजका सवै पक्षका प्रगति र उन्नति सँगै भएको स्तरोन्नतीलाई विकासका रुपमा लिइएको र विकासका सूचकाङ्कका रुपमा प्रजातन्त्रिक शासन, औद्योगिक विकास, प्रविधिको विकास, खाद्यसुरक्षामा बढेको सचेतना ,निरपेक्ष गरिविमा आएको गिरावट, पौष्ट्रिक आहारको वृद्बी र मानविय खुसियालीमा भएको बढावाले समाज थप शसक्त र न्यायोचित हुँदै गएको तथ्य उजागर गर्नुभएको थियो । विश्वको पर्यावरणमा अभुतपूर्व परिवर्तन हुनेगरी तापमानमा लगातार बृद्बी भएको,कार्वनडाइअक्साइड उत्सर्जनमा बृद्बी भएको, समुन्द्रको सतह बढेको, वायुमण्डल लगायत पृथ्वीको सवै अवयवमा अनुभव गर्नसकिने परिवर्तन भएको, दक्षिण एसियाका हिमालहरुमा हिउँहरु कम हुँदै गएको,नेपाल लगायतका देशहरुमा मौसम परिवर्तन प्रभाव कृषी क्षेत्रसँगै जिवनयापन समेत प्रतिविम्वित भएको, जलवायु परिवर्तन र गोलिक अवस्थितिको परिवर्तनले अतिवृष्टि हुने भय, असमायिक प्राकृति प्रकोप र परिवर्तनहरु देखिएको, वनस्पतिहरुको स्थानान्तरण हुँदै लोप हुँदै जाने खतरा बढेको, विश्वमै फूल फूल्ने र पालुवा पलाउने समय तापक्रमका कारण अगाडी सरेको र पातझर्ने समय पछाडि धकेलिएको, कैयौ नयाँ संक्रामक रोगहरु फैलिएको र भविष्यमा जनजिवन कष्टकर हुने डर बढीरहेको बताउनुभएको थियो । नेपाल वन्यजन्तु र पर्यावरण संरक्षणमा असफल हुँदै गएकोले मानविय संकटमा बच्न सवै तहका सरकारले जलवायु परिवर्तन, पर्यावरण संन्तुलन र प्रदुषण नियन्त्रणका लागि काम गर्नुपर्ने विषय कार्यपत्रमा समेटनुभएको थियो ।
संवाद कार्यक्रममा ग्रामीण विकास केन्द्रीय विभागका विभागीय प्रमुख डा.सुमन खरेलले संवादको उदेश्यका जानकारी गराउँदै संरचनात्मक परिवर्तन गर्दै विकासका बहुआयामिक पक्षलाई समेटन ज्ञान र सम्भावनाका दायरा फराकिलो बनाउँदै ग्रामिण विकासलाई विकासअध्ययनमा रुपान्तरण गर्नुपर्ने भनाई व्यक्त गर्नुभएको थियो ।